काठमाडौं, जेठ २३ – कोकाकोलाले हिमाल सफाई कार्यक्रमको दोस्रो संस्करण ‘सफा हिमाल अभियान २०२१’ समापन गरेको छ । उक्त अभियानबाट २७ हजार ६७१ किलो फोहोरसँगै चारवटा शव संकलन भएको छ ।
उक्त अभियान सगरमाथा, लोत्से, मकालु, धौलागिरी, पुमोरी र अमादब्लम जस्ता ६ वटा हिमालहरुमा संकलन गरेको थियो । उक्त फोहोर थप सेग्रिगेसन र रिसाइकलिङ लागि काठमाडौंमा ल्याएर अभ्नी भेन्चरलाई हस्तान्तरण गरिएको कोकाकोलाले जनाएको छ ।
‘नेपाली सेनाको नेतृत्वमा र नेपाली सरकारको पहलमा सफा हिमाल अभियान २०२१ को २७.६ टनको फोहोर र चारवटा शवहरु विभिन्न हिमालहरुबाट निकालिए पछि सफलतापूर्वक सम्पन्न भयो । यो अभियान कोभिड–१९ महामारी र दुई वटा साइक्लोन टाउक्टे र यासको बाबजुद सफल भयो,’ हिमाल सफा अभियानका निर्देशक एवम् नेपाली सेनाका ब्रिगेडियर जनरल हिमांशु खड्काले भने ।
कोकाकोलाले नेपालको प्राकृतिक गौरव तथा सौन्दर्य संरक्षणका लागि काम गर्ने उद्देश्यले सन् २०१९ देखि हिमालय सफाई अभियानलाई सहयोग गर्दै आएको छ । वर्ल्ड विदआउट वेस्ट कार्यक्रम सन् २०१८ मा लन्च गरिएको कोकाकोलाले जनाएको छ । यो कार्यक्रमले सन् २०३० सम्ममा बिक्रीको १०० प्रतिशतको प्याकेजिङ बराबरको फोहोर संकलन गरी रिसायकल गर्ने कोकाकोलाको विश्वव्यापी प्रतिबद्धता रहेको बताइएको छ।
‘फोहोर व्यपस्थापनको क्षेत्रमा हामीले जिम्मेवारी व्यवस्थापनको चुनौतीलाई आवश्यक पर्ने गति प्रदान गर्न र पिइटी बोतलहरु रिसाइकल गर्न धेरै पहल गरेका छौँ। हिमाल सफाई अभियान र रणनीतिक स्थानहरुमा सूचनामूलक पिईटी संकलन बिनहरुको स्थापना मार्फत् समुदायमा फोहोर अलग्याउने, प्याकेजिङ र रिसाइकलिङ सम्बन्धी जागरुकता सिर्जना गरेका छौँ,’ बोटलर्स नेपालका प्रबन्धनिर्देशक प्रदीप पाण्डेले भने ।
पिईटी फोहोरको रिसाइकलको समाधान खोज्न बहु–सरोकारवाला दृष्टिकोण अनुकरण गर्न कोका–कोलाले स्थानीय नगरपालिका, व्यवसायहरु, नागरिकहरु र फोहोर उठाउनेहरुसँग हातेमालो गरेको छ । कम्पनीले संकलन र रिसाइकिलिङ प्रणाली निर्माण र तीव्र गर्न लक्षित रहेको ग्लोबल इनिसिएटिभ्सबाट पाठ सिकेको बताइएको छ । यसलाई नेपालको स्थानीय वातावरणमा अनुकूलित गरेको कोका–कोलाको भनाइ छ ।
‘हाम्रो कार्यव्रmम वर्ल्ड विथआउट वेस्ट नेपालको एक प्रमुख कार्यव्रmम हो जहाँ हामी हाम्रो प्याकेजिङ डिजाइनलाई पुनर्विचार गर्दछौँ र हाम्रो प्रयोग गरिएको प्याकेजिङ सङ्कलन गर्ने तरिकालाई नवीन बनाउदछौँ । अनि प्याकेजिङ रिसाइकल्ड भएको सुनिश्चित गर्न सँगै काम गर्दछौँ,’ नेपालका लागि कोका–कोलाका निर्देशक आदर्श अवस्थीले भने, ‘हामीले प्लास्टिक शर्कुलर अर्थव्यवस्थालाई लागू गर्न र रिसाइकिलिङलाई नेपालमा बढावा दिन उद्योगका साथीहरु, पर्यावरणविदहरु, सरकार र नागरिक समाज संगठनहरुसँग साझेदारी गरेका छौँ ।’
कोका–कोलाको साभेदारीले समुदायको नेतृत्वमा इन्टीग्रेटेड प्लास्टिक फोहोरको प्रबन्ध प्रणाली निर्माण गर्न, इफिसियन्ट रिसाइकिलिङलाई बढावा दिन र फोहोर उठाउने कामदार समुदायको उत्थान गर्ने काम गरिरहेको बताइएको छ ।
वर्ल्ड विथआउट वेस्ट कम्पनीको अनगोइङ सस्टेनेबिलिटी प्रयासहरुको अर्को चरण हो जसले आफ्नो फाइनलमा प्रयोग गरेको पेय पदार्थहरुमा अनुमानित १०० प्रतिशत पानी रिप्लेनिश गरेर सफलता हासिल गरेको छ ।
FACEBOOK COMMENTS