काठमाडौं,मंसिर २४- वीरगंज महानगरपालिका १२ स्थित मुर्ली नयाँ टोलमा आमा छोरीको शव कुहिएको अवस्थामा फेला परेको छ । बन्द कोठाबाट आमाछोरीको शव फेला परेको प्रहरीले जानकारी गराएको हो ।
बाराको कलैया उपमहानगरपालिका २६ सिसुवा महेशपुर घर भई मुर्ली, नयाँ टोल डेरामा बस्दै आएका पवन साहको २२वर्षीय श्रीमती र दुई वर्षीय छोरीको शव फेला परेको प्रहरीको भनाई रहको छ ।
घटना केहिदिन पहिले भएको र अहिले शव कुहिएर गन्ध आउन थालेपछि प्रहरीको रहोबरमा ढोका खोल्दा आमा छोरी नै कुहिएको अवस्थामा भेटिएका छन । पेन्टिङको काम गर्दै आएका मृतकका पति पवन भने फरार छन् । शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ ।
FACEBOOK COMMENTS