काठमाडौं, ५ वैशाख – प्रदेश नम्बर १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार ३३४ जनाको पीसीआर परीक्षण गरिएकामा १८ महिला र २५ पुरुषगरी ४३ जनामो संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार मोरङमा २९, सुनसरीमा ६, झापामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको हो ।
विराटनगरका १२ महिला र १५ पुरुषसहित २७, बुढीगंका कानेपोखरीका एक–एक, सुनसरीको इटहरीका ३, बर्जु, इनरुवा र हरिनगरका एक–एक, झापाको अर्जुनधाराका एक र प्रदेश बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ६४७ पुगेको छ । जसमध्ये २९ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित २६६ जना छन् ।
FACEBOOK COMMENTS