काठमाडौँ, ७ चैत – भारतीय कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोप ‘कोभ्याक्सिन’लाई नेपालमा आपतकालीन प्रयोग अनुमति दिएको छ।
शुक्रबार औषधि व्यवस्था विभागले भारतीय कम्पनी भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनलाई आपतकालीन प्रयोग अनुमति दिएको हो।
औषधि व्यवस्था विभागका अनुसार भारत बायोटेकले भारतका २६ हजार नागरिकमा तेस्रो चरणको ट्रायल पनि पूरा गरेको विवरण पेश गरेपछि उक्त खोपलाई नेपालमा अनुमति दिइएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत लगाएको यो खोप ८१ प्रतिशत प्रभावकारी रहेको दावी कम्पनीले गर्दै आएको छ।
यो खोपलाई आपतकालीन प्रयोगको अनुमति दिने नेपाल तेस्रो देश हो।

यो नेपाल भन्दा अगाडि खोपलाई भारत र जिम्बावेले आपतकालीन प्रयोगका लागि अनुमति दिएका थिए।
