काठमाडौं, बैशाख ५ -भारतमा कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन् । योसँगै भारतमा ज्यान गुमाउनेको संख्या ४३७ पुगेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा संक्रमितको संख्या १३ हजार तीन सय ८७ पुगेको छ ।
भारतको महाराष्ट्रमा कोरोनाको प्रभाव सबैभन्दा धेरै परेको छ ।यहाँ ३ हजार २०५ मा कोरोना संक्रमण देखिएको छ भने १९४ जनाको मृत्यु भइसकेको छ ।
दिल्लीमा १ हजार ६४० जनामा संक्रमण देखिँदा ३८ जनाको मृत्यु भइसकेको छ भने मध्य प्रदेशमा ५३ जनाको मृत्यु भएको छ ।
FACEBOOK COMMENTS