काठमाडौं, बैशाख १९ – विश्वका २ सय १२ देशमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण हालसम्म २ लाख ३३ हजार ८ सय ३९ जनाले ज्यान गुमाइसकेका छन्। विश्वभर ३३ लाख ४ हजार ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ भने संक्रमितमध्ये १० लाख ३९ हजार १ सय ४४ जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्।
सङ्क्रमितमध्ये २० लाख ३१ हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।
गएको २४ घण्टामा मात्रै विभिन्न देशमा गरि साढे ५ हजार भन्दा धरैको ज्यान गएको छ ।
अमेरिकामा मात्रै २२ सयभन्दा धेरैको ज्यान गएको छ भने साढे ३० हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् । ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ । त्यहाँ ज्यान गुमाउनेको सङ्ख्य १० लाख ९५ हजार १९ जना पुगेको छ । यस्तै १० लाख ९५ हजार १९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै इटलीमा साढे २७ हजारभन्दा धेरै, साढे २४ हजार बढी, बेलायतमा साढे २६ हजारभन्दा धेरै र फ्रान्समा २४ हजारभन्दा धेरैको ज्यान गएको छ ।
त्यसै गरी छिमेकी मुलुक भारतमा सङ्क्रमितको सङ्ख्या ३४ हजार ८ सय ६३ जनामा रहेको छ । बिहीबार मात्र १८ सय एक जनामा नयाँ सङ्क्रमण पुष्टि भएको छ । यस्तै भारतमा एक हजार एक सय ५४ जनाको ज्यान गएको छ भने ९ हजार ६८ जना भने निको भएका छन् ।
FACEBOOK COMMENTS