काठमाडौं,फागुन २२ – कोरोना भाइरसको आशंका गरिएका एक नेपाली टेकु अस्पतालबाट फरार भएका छन् । उनी दक्षिण कोरियाबाट फर्किएका थिए ।
सुनसरी घर भएका दक्षिण कोरियामा कार्यरत नेपालीलाई विमास्थलमा चेकजाँचको क्रममा कोरोना संक्रमणको आशंकामा अस्पताल पुर्याइएका एक व्यक्ति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट भागेर विराटनगर पुगेका छन् ।
दक्षिण कोरियामा कार्यरत ती व्यक्तिलाई त्यहाँ कोरोनाको संक्रमण देखिएको भन्दै नेपाल फकाइएको स्रोतको दावी छ । नेपाल आएसँगै उनलाई विमानस्थलबाट सिधै बुधबार राति टेकु अस्पताल पुर्याइएको थियो ।
प्रहरी स्रोतका अनुसार उनले बोक्दै आएको मोबाइल ट्र्याक गर्दा विराटनगर पुगेको खुलेको हो । उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली खटिएको बताइएको छ ।
FACEBOOK COMMENTS