काठमाडौं, मंसिर १२ – जिमि ग्रुप प्रा.ली. का प्रवन्ध निर्देशक तथा सफल युवा उधमी जीवन चलाउने कोरोना डिफेन्स अवार्ड २०२० बाट सम्मानित भएका छन् ।
काठमाडौंमा हिजो बिहीबार आयोजित एक कार्यक्रमका बीच उनलाई नेपाल सरकारका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सम्मान गरेका हुन् । नेपालमा कोरोना भाइरस रोकथामका लागि भएको लकगाउने बेला गरिब मजदुरहरु लाई निःशुल्क खाना तथा राहतका प्याकेजहरु वितरण गरेकोमा उनलाई यो सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।
सम्मानित भएसँगै चलाउनले आयोजक संस्था फोकस नेपाल र यसका अध्यक्ष रामचन्द्र पोख्रेलप्रति आभार व्यक्त गरेका थिए । उनले सम्मान प्राप्तिसँगै देश र जनताप्रतिको दायित्व झनै थपिएको प्रतिक्रिया दिए । र, आगामी दिनमा अझै सक्रियताका साथ समाजसेवामा लाग्न उक्त सम्मानले थप उर्जा र हौसला प्रदान गरेको पनि उनले सनुाए ।
FACEBOOK COMMENTS