काठमाडौं,बैशाख ३१- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आज ११ बजेका लागि बोलाएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज बोलाइएको बैठक अर्को सूचना नहुन्जेल सम्मका लागि स्थगित गरिएको स्रोतले जनाएको छ ।
हिजो भेटिएका कोरोना संक्रमित मध्य एक जना नेता भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी रहेको पुष्टि भएपछि कोरोनाको जेखिम भएको भन्दैं बैठक स्थगन गरीएको स्रोतले जनाइको छ ।
गत वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले वैशाख २५ गते स्थायी कमिटी बैठक राख्ने निर्णय गरे पनि अन्तिम समयमा स्थगित गरिएको थियो।
FACEBOOK COMMENTS