काठमाडौं, । विश्वमा कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमित तीव्र गतिमा फैलिरहेको छ । प्रत्येक दिन विश्वभर सयौँ नयाँ संक्रमितहरु देखा परेको रिर्पोट निरन्तर छ । धेरै जनाले खोपको सम्भावनामाथि अध्ययन गरिरहेका छन् । चाँडै त्यो एक भ्यासिनको विकास होस् जुन लामो समयको लागि पनि होस् भन्ने कामना आम विश्ववासीको छ ।
गत महिना विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) का अनुसार कोभिड १९ को भ्याक्सिन १२ देखि १८ महिना पछि धकेलिसकेको छ । १८ महिना अझै बढ्ने महामारीको लागि लामो समय लाग्न सक्छ, तर यो पहिले नै नयाँ खोप प्रक्षेपणका लागि ब्रेकनक गति मानिन्छ ।
विगतको अनुभवको आधारमा नयाँ भ्याक्सिन विकास गर्न १८ देखि २० वर्ष लाग्न सक्छ । केही महामारी खोप विकास पूरा हुनु भन्दा अगाडि समाप्त भएको थियो । उदाहरणका लागि सार्स भ्याक्सिहरुमा काम सुरु भएको थियो तर पछि रद्द भयो ।
अनुसन्धान र विकासको समय (८ देखि २० वर्षसम्म )
भ्याक्सिनको अनुसन्धान स्टेज
यो स्टेजमा रोग र महामारीको राम्रोसंग अध्ययन भयो।
प्रि क्लिनिक स्टेज (५ वर्षदेखि १०)
एन्जिेन सुत्रीकरण चयन गर्न जनावरहरुमा भ्याक्सिन परीक्षण गरियो ।
क्लिनिकल डेब्लभमेन्ट (३ देखि ८ वर्ष)
फेज – १
भ्याक्सिनलाई एउटा साना मानिसहरुको समूहमा परीक्षण गरियो।
फेज – २
भ्याक्सिन ठूलो मानिहरुको समूहमा परीक्षण भयो । एक सयदेखि दुई हजारसम्म यसको सुरक्षा र प्रतिरक्षाका भएको पुष्टि भयो ।
फेज – ३
सयौं हजारौं जना मानिसहरुमा गरिएको भ्याक्सिन परीक्षणबाट सुरक्षित रहेकोबारे मूल्यांकन भयो ।
फेज – ४
धेरै भ्याक्सिनहरु फेज चारमा आइपुगेर अध्ययनपछि स्वीकृत भएर लाइसेन्स पनि पायो । तर अहिले भने चिनियाँ वैज्ञानिकहरुले कोरोना भाइरस चाँडै पत्ता लगाएका छन् ।
विश्वलाई जनवरीमा यो भाइरसबारे जानकारी दिएको थियो । त्यस्तै भ्याक्सिन पनि मान्छेको शरीरमा मार्च १६ मा ट्राएल गरियो । चार महिनापछि रोगकोबारेमा रिर्पोट पनि भयो ।
डब्ल्यूएचओले कम्तिमा पनि ६० जना भ्याक्सिन क्यान्डिडेटहरुलाई हाइलाइट गरेको छ । धेरै जनावरहरुमा परीक्षण गरिएको छ । संन्सारभरिका अनुसन्धातकर्ता पनि यसैमा सहभागी भएका छन् ।
दुई वटा एडभान्स आवश्यकता भ्याक्सिनहरु मानव शरीरमा १६ मार्चमा क्लिनिकल परीक्षण गरियो । चार महिना पछिको यो रोगको पहिलो पटकको रिर्पोट हो । कोरोना भाइरसको लागि विभिन्न तरिकाबाट भ्याक्सिन विकास गर्न सकिन्छ ।
परमपरागत भ्याक्सिनहरु रोगजनकका मृत वा कमजोर प्रकारका बनाइन्छ् । ताकि तिनीहरुलाई निष्क्रिय भाक्सिनहरु र प्रत्यक्ष एटेन्युएटड भ्याक्सिन भनिन्छ । जसले कडा सुरक्षात्मक प्रतिरक्षा प्रतिक्रियाहरु लागू गर्छ ।
त्यस्तै अर्को सामान्य प्रकारको भ्याक्सिनहरु रोगजनकको चयनित टुक्राहरु सम्पूर्ण रोगजनकको सट्टा एटिजेन्सको रपमा हुन्छ । तिनीहरुले निष्क्रिय भ्याक्सिनहरु भन्दा कम प्रतिकुल प्रतिक्रिया निम्त्याउँछन् तर प्राय कम प्रभावकारी हुन्छन् । त्यसैले त्यसलाई बूस्तर शटहरु आवश्यक छर्ने जनाइएको छ। तीनै प्रकारका कोभिड १९ भ्याक्सिनहरु विकास गरेको छ । तर यो नयाँ दृष्टिकोण हो जुन यस समयमा स्पटलाइटमा छ ।
पहिलो चरणमा क्लिनिकल परीक्षणमा प्रवेश गरेका दुई भ्याक्सिनहरुमध्य एउटा चीनमा पुन संयोजन एडियो भाइरस भेक्टरमा आधारित भ्याक्सिनमा आधारित ९एडी एनसीओवीकोसंग छ । अर्को बोस्टनमा आधारित बायोटेक्नोलजी कम्पनी मोडरनाको एमआरएनए भाक्सिन रहेको छ ।
विज्ञहरुका अनुसार न्यूक्लिक एसिड खोपहरुको छोटो विकास र उत्पादन चक्रको फाइदा हुन्छ । यसले प्रत्यक्ष भाइरसको नमूनाको आवश्कता विना रोगजनकको आनुवंशकक कोडको तिलिपि प्रयोग गर्छ । तर दुबै आरएनए वा डीएनएमा अधारित भ्याक्सिनहरु पहिले पनि मानिसहरुमा प्रयोगका लागि अनुमोनद गरिएको छैन ।
चीनको एड ५ एन कोभ पनि एक आशाजनक उम्मेद्वार हो । त्यही टोलीले सन २०१७ मा इबोला भ्याक्सिनको विकास गरेको थियो । हाल थुप्रै देशहरुमा कोरोना भाइरसले महामारी फैलाएको छ ।
सीजीटीएनका अनुसार कोरोना भाइरस मौसमी चक्रमा फर्कन सक्न प्रवल सम्भावना रहेको छ । यदि त्यस्तै भयो भने एक भरपर्दो भ्याक्सिन विश्वका लागि अन्तिम समधान रहेको सीजीटीएनमा उल्लेख छ ।
FACEBOOK COMMENTS