एजेन्सी : कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सन् २००३ मा फैलिएको सार्सको कारण ज्यान गुमाउनेको भन्दा धेरै भएको छ । सार्सका कारण ७ सय ७४ जनाको मृत्यु भएकोमा कोरोनाका कारण शनिवारसम्म ८ सय ५ जनाको मृत्यु भएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार चीनमा मात्र ८ सय ३ र चीन बाहिर २ जनाको मृत्यु भएको छ । चीनको हुबेइ प्रान्तमा मात्रै ७ सय ८० जनाको मृत्यु भएको छ । हुबेइमा शनिबार थप ८१ जनाको मृत्यु भएको हो । विभिन्न २८ देशमा फैलिसकेको कोरोनाबाट ३४ हजार ८ सय संक्रमित भएका छन ।
१ हजार ५ सय ४० जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएको बताइएको छ । हुबेइ प्रान्तको वुहानमा गएको डिसेम्बरमा पहिलो पटक नोवेल कोरोना भाइरसको संक्रमण देखिएको थियो । जनवरीको अन्तिम हप्ता विश्व स्वास्थ्य संगठनले भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।
FACEBOOK COMMENTS