डिएन घिसिङ
विश्वमा यतिबेला कोरोना भाइरस ठुलो चुनौतीको रुपमा खडा भएको छ। चरम संकटको सिर्जना गर्दै यसले मानव सभ्यता माथि नै धावा बोलेको छ । कुनैपनी बिपत्तिलाई मानवीय त्रुटि वा प्राकृतिक प्रकोपसँग जोडेर हेरिएको हुन्छ । चराचर जगतको अस्तित्व र प्रभावसँग प्रत्यक्ष जोडिने बिषय भएकाले यसले ठुलो अर्थ बोकेको हुन्छ।
बिपत्तिमा जनसङ्ख्या र खाद्य सामग्रीमा असन्तुलन भयो भने देशमा अनिकाल,युद्ध,अत्याधिक गरीबी,रोग व्याधि,खडेरी र अतिवृष्टि जस्ता स्वाभाविक गतिविधि हुने खतरा रहन्छ।अर्थशास्त्री थोमस रोबर्ट माल्थसको भनाइलाई आधार मान्ने हो भने परिवर्तनमा असुन्तलन र सन्तुलनको दुष्चक्र चलिरहन्छ।जनसंख्या सन्तुलन केही समय पछि फेरि भत्किन सक्छ।यसको अर्थ हुन्छ परिवर्तन स्वभाविक वा सकारात्मक रहन्छ । जुन, विकास र विनाससंगै देखा पर्दछ।त्यसकारण प्रकृतिमा फेरि सन्तुलन ल्याउन मानवीय उपायको प्रयोग महत्वपुर्ण रहने माल्थसको भनाइले इङ्गित गरेको छ ।
“लकडाउनको प्रभावले भने आर्थिक क्षेत्रलाई चरम संकटमा पुर्याउन सक्ने दाबी अमेरिकी सोधकर्ताहरुले गरेका छ्न।यो तरल स्थिरता तबसम्म रहन्छ जब परिस्थितिलाई प्रतिरक्षा गर्न नयाँ आबिस्कारको माहौल तयार रहदैन। “
मानव संशाधनको चलायमान अवस्थामा समाजिक र आर्थिक पक्ष सधैं महत्त्वपूर्ण रहन्छ।जुन ब्यक्ति र समाजले गर्ने क्रियाकलाप नै विकासको आधार स्तम्भ हो।यस मानेमा औद्योगिक क्रान्तिबाट रेखा गणितिय हिसाबले बढेका आर्थिक उन्नती अब भने सोचनिय बिषय बनेको छ।कोभिड १९ कोरोना भाईरस विरुद्धको लडाइँमा विकसित र अल्पविकसित मुलुकले गर्दै आएका प्रयास यतिबेलासम्म फरक स्थितिमा रहेको छैन।पहिलो खुड्किलाको रुपमा प्रयोग गरिएको बन्दाबन्दी (लक डाउन)प्रयास यसका नमुना हुन।यद्यपि लकडाउनको प्रभावले भने आर्थिक क्षेत्रलाई चरम संकटमा पुर्याउन सक्ने दाबी अमेरिकी सोधकर्ताहरुले गरेका छ्न।यो तरल स्थिरता तबसम्म रहन्छ जब परिस्थितिलाई प्रतिरक्षा गर्न नयाँ आबिस्कारको माहौल तयार रहदैन।
कोरोना भाइरसको विरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा गरिएको सामाजिक उत्तरदायित्व मात्रै नभई आर्थिक दृष्टिकोणलाई समेत विकसित राष्ट्रले नजिकबाट नियाली रहेका छ्न।यसलाई चुनौतीको रुपमा सामना गर्दै अवसरमा परिणत गर्ने होडबाजी एकातिर देखापर्न थालेको छ।अर्कोतिर विपन्न मुलुक आर्थिक चरम संकटमा फस्ने अवस्था सिर्जना भएको छ।
“अब विश्वको ध्यान मानव स्वस्थ्यको परिस्थितिसँग रहन्छ।यहि अवस्थामा स्वस्थ्य क्षेत्रमा लगानी विस्तार सहित हरेक देशले निती परिवर्तनमा जोड दिनै पर्ने महशुश भएको छ । तसर्थ विश्व परिवेश संघिन मोडमा र नुतन संघारको माझधारमा उभिएको प्रतित हुँदैछ ।”
अब विश्वको ध्यान मानव स्वस्थ्यको परिस्थितिसँग रहन्छ।यहि अवस्थामा स्वस्थ्य क्षेत्रमा लगानी विस्तार सहित हरेक देशले निती परिवर्तनमा जोड दिनै पर्ने महशुश भएको छ । तसर्थ विश्व परिवेश संघिन मोडमा र नुतन संघारको माझधारमा उभिएको प्रतित हुँदैछ ।जे होस् अवसर र चूनौती दुवै एकै साथ देखा परेको छ । यस डिस्कोर्शले प्राप्त आधार र अनुसन्धान यो शताब्दीको लागी अचुक बन्ने देखाउँछ ।तथापि औद्योगिक क्रान्ति केहि हदसम्म भने थाँती रह्न्छ नै । आम मानिसले कल्पना गरेका जीवन लामो समय पर्खाईमा रहनुको विकल्प छैन।र आशा र जागरणका कुरा मात्र होईन ततपस्चात लामो विश्रामलाई बिट मार्दै मानिसले थप उत्पादनशिल र उर्जाशिल कार्यमा आफूलाई सरिक गराउनेमा शंका गर्नु मनाशिव पनि नहोला ।
अब स्वास्थ्य एक बहुआयमिक विषय बन्दै गएको छ।ब्यक्तिगत ,सामाजिक, राष्ट्रिय,आर्थिक लगायत प्रत्येक आयमको आ–आफ्नै भूमिकामा प्रमुख अनिवार्य विषय बनेको छ।स्वास्थ्य रक्षाको निमित्त गरिने सबैखाले प्रयास विकासको मेरुदण्ड बन्नेछ। विश्वका अधिकांश देशको अबको दायित्व र प्राथमिकता भनेको जनस्वास्थ्यका हरेक आयामहरु नागरिकलाई सुसज्जित र उनीहरुलाई स्वस्थ बनाउँदै सामाजिक र आर्थिक रुपमा उत्पादनशील बन्न स्वस्थ रहन प्रेरित गर्ने खालको रहन्छ । देश बनाउने महाअभियानमा स्वस्थ जनशक्ती परिचालन गर्ने होडबाजी अबको विश्व परिवेशमा देखिन सक्छ ।
“हामीमा परिस्थिती अनुकुल अघि बढने जाँगर भएन र धर्यता रहेन भनेर समय प्रतिकुल रहन्छ । त्यसैले हारमा पनि जीत देख्न सक्नुपर्छ । समयको वशमा हरेक मानिस आउनै पर्छ तर हिम्मत भने कदापी हार्न हुँदैन ।”
महामारीको परिस्थितिले उब्जेका नयाँ संभावना र आर्थिक क्रान्तिका लागी संरचनात्मक परिवर्तन महत्वपूर्ण रहनेछ।हुनत राजनीति नै सबै नीतिको मूल हो,यसैलाई आधार मान्ने हो भने नयाँ क्षेत्रीय शक्तिको समेत उदय हुने प्रबल संभावना रहन्छ।त्यसैले चुनौती माझ पनि संभावना नै संभावना देखिन्छ । यसो भन्दै गर्दा हामीमा परिस्थिती अनुकुल अघि बढने जाँगर भएन र धर्यता रहेन भनेर समय प्रतिकुल रहन्छ । त्यसैले हारमा पनि जीत देख्न सक्नुपर्छ । समयको वशमा हरेक मानिस आउनै पर्छ तर हिम्मत भने कदापी हार्न हुँदैन ।
FACEBOOK COMMENTS