काठमाडौँ, भदौ २८ – अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण घटेसँगै लकडाउन पनि आइतबार रातिदेखि खुकुलो हुने भएको छ । भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्रयुजले आइतबार रातिदेखि सामाजिक अन्तक्रिर्या र बाहिर निस्किने समय बढाइने बताएका हुन् ।
भिक्टोरियाको राजधानी मेलवर्नमा प्लेग्राउण्ड र बाहिर फिटनेसका उपकरणहरुको पसल खुला गरिनेछ । साथै बाहिर गरिने शारीरिक अभ्यासको समय दुई घण्टासम्म लम्ब्याइएको छ । साथै अब बढीमा दुई परिवारका पाँच जना मानिसहरुसम्म भेला हुन पाउनेछन् ।
यसैबीच आइतबार मेलबर्नमा लकडाउनको विरुद्धको प्रदर्शन जारी छ । आइतबार प्रहरीले प्रदर्शनको क्रममा ७४ जनालाई पक्राउ गरेको छ । प्रहरीले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीहरु प्रहरीमाति हिंसात्मकरुपमा जाइलाग्नु दुःखद रहेको उल्लेख छ । भिक्टोरियामा अहिलेसम्म १९ हजार ८३५ संक्रमित भेटिएका छन् भने अहिलेसम्म यो राज्यमा ७२३ जनाको मृत्यु भइसकेको छ ।
FACEBOOK COMMENTS