काठमाडौं, चैत १८- विश्व भरी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण हाल सम्म ३७ हजार ८ सय १५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा सबै भन्दा बढी इटालीका जनता रहेको छन् । यसका कारण विश्वमा एकैदिन ३७ सय १५ जनाको मृत्यु भएको छ।
इटलीमा पछिल्लो २४ घण्टामा संक्रमितको संख्यामा ४ हजार ५० ले बढेको छ । योसँगै इटलीमा संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ पुगेको छ । यहाँ पछिल्लो २४ घण्टाभित्र ८ सय १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या ११ हजार ५ सय ९१ पुगेको छ । संक्रमित मध्य उपचारपछि १४ हजार ६ सय २० जना निको भइसकेका छन् ।
त्यसै गरी गएको २४ घन्टामा यसको संक्रमणबाट स्पेनमा सबैभन्दा बढी ९ सय १३ जनाको मृत्यु भएको छ।
यो सँगै स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ। त्यहाँ अहिलेसम्म ८७ हजार ९ सय ५६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ।यहाँ २४ घण्टामा ७ हजार ८ सय ४६ संक्रमित थपिएका छन् ।
फ्रान्समा हिजो ४ सय १८, जर्मनीमा १ सय ४, बेलायतमा १ सय ८०, इरानमा १ सय १७, नेदरल्याण्ड्समा ९३ र बेल्जियममा ८२ जनाको मृत्यु भएको छ। त्यसैगरी टर्कीमा ३७, क्यानडामा २४, पोर्चुगलमा २१, ब्राजिलमा २७ र स्वीडेनमा ३६ जनाको ज्यान गएको छ। भारतमा हिजोमात्रै ५ जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या ३२ पुगेको छ।
्
FACEBOOK COMMENTS