काठमाडौं, जेठ २० – फिजिसियन डा पशुपति रजौरियाको कोरोना संक्रमणबाट निधन भएको छ। ग्राण्डी इन्टरनेशल अस्पताललमा उपचारका क्रममा डा. रजौरियाको निधन भएको हो। कोरोना संक्रमण भएपछि उनी अस्पतालमा भर्ना भएका थिए।
डा रजौरियाको निधनप्रति नेपाल चिकित्सक संघले समवेदना व्यक्त गरेको छ। संघले श्रद्धाञ्जली व्यक्त गर्दै एक चिकित्सक गुमाउन पुगेकोमा दुख व्यक्त गरेको छ। डा रजौरिया भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा काम गर्थे। उनकी श्रीमति पनि युनिभर्सलमै कार्यरत छिन्।३५ वर्षीय डाक्टर रजौरियालाई २० दिन अघि कोरोना संक्रमण देखिएको थियो। सुरुमा उनको युनिभर्सलमै उपचार भइरहेको थियो। तर अवस्था जटिल भएपछि ग्रान्डीमा ल्याइएको थियो।
FACEBOOK COMMENTS