काठमाडौं, असोज ५ – बाँकेको नेपालगञ्जमा कोरोना संक्रमणबाट कैदीको मृत्यु भएको छ।
नेपालगञ्ज कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका सुर्खेतका ५८ वर्षीय कैदीको सोमबार बिहान ६:२५ बजे मृत्यु भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, उनी दमको बिरामी रहेकाले श्वासप्रश्वासमा जटिल समस्या थियो।
भदौ २१ गते बिहान दश बजे स्वाव लिइएका उनलाई भदौ २२ गतेदेखि भेरी अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई उपचार गर्नकै लागि सुर्खेत कारागारबाट नेपालगञ्ज सारिएको थियो ।

भेरी अस्पतालले उनको आज बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले पुष्टि गरेको छ ।
