श्रावण २ – कोरोना संक्रमणबाट सप्तरीमा एक व्यक्तिको निधन भएको छ । राजविराज नगरपालिका–६ का ७२ वर्षीय रामकृष्ण लालदासको बिहीबार राति ११ बजे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा निधन भएको हो ।
मुटुका रोगी लालदासको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले असार ३० गते बिपी प्रतिष्ठान पुर्याएको थियो । उपचारअघि अस्पतालमै उनको स्वाब संकलन गरी परीक्षण गरिएकोमा बिहीबार बिहान पोजिटिभ रिपोर्ट आएको थियो । उनको उपचारकै क्रममा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताए ।
FACEBOOK COMMENTS