काठमाडौं, भदौ १५ – कोरोना भाइरस संक्रमणबाट विप्लव नेतृत्वको नेकपाका एक सदस्यको मृत्यु भएको छ। विप्लव नेकपाका कैलाली जिल्ला सचिवालय सदस्य राजबहादुर राउतको निधन भएको उक्त पार्टीले जनाएको छ।
कैलालीको बर्दगोरिया गापा ५ बर्दगोरिया गाउँका ४९ वर्षीय राउत विप्लव समूहमा पूर्णकालीन कार्यकर्ता थिए। उच्च ज्वरो, खोकीलगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब परीक्षण गर्न धनगढी सेती प्रदेश अस्पतालमा पठाइएको थियो।
सेती अस्पतालमा भीड ज्यादै भएको भन्दै अस्पतालले उक्त स्वाब डँडेल्धुरा अस्पताल पठाएको थियो। भदौ १ गते पठाएको स्वाबको रिपोर्ट १० दिनपछि मात्र प्राप्त भएको छ।
छारे (मिर्गी) रोगको समस्या भएका राउतको निधन भएको हो। राउत उक्त समूहका कैलाली २ नं इलाका इन्चार्ज थिए।
FACEBOOK COMMENTS