काठमाडौं, मंसिर ७ – कोभिड-१९ संक्रमणबाट ३ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पताल धनगढीको आइसियुमा उपचाररत सिनियर अहेब कपिलकुमार श्रेष्ठको निधन भएको छ। उनको मंसिर ५ गते निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
त्यस्तै नोबेल अस्पताल बिराटनगरमा उपचारका क्रममा जनस्वास्थ्य अधिकृत गौरी शंकर देवको निधन भएको छ। त्यस्तै ओम अस्पतालमा उपचारत वरिष्ठ सर्जन डाक्टर धुव्र शर्मा मुडभरीको निधन भएको छ। पछिल्लो २४ घण्टामा थप १६ जनाको निधन भएको छ।
FACEBOOK COMMENTS