काठमाडौं, वैशाख २६ – प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिनेसम्बन्धी प्रस्तावमा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्ने भएका छन् ।संसदको कार्यव्यवस्था समितिको आजको बैठकमा संक्रमित सांसदहरुलाई संसद भवनमै उपस्थित गराएर मतदानको वातावरण बनाउने विषयमा दलहरुबीच सहमति बनेको छ ।समितिका सदस्य एवं एमाले सांसद शेरबहादुर तामाङले संक्रमित सांसदहरु बैठक अवधिमा संसद भवन परिसरमा राखिएको अलग-अलग टेण्टमा बस्ने बताए ।
‘बैठक अवधिमा उहाँहरू अलग-अलग टेण्टमा रहनुहुन्छ । मतविभाजनको बेलामा सुरक्षित ढंगले लबीमा पुगेर आफ्नो मत दिएर फर्कनुहुन्छ’, तामाङले भने ।
प्रतिनिधिसभाका २६ सांसदहरुलाई कोरोना संक्रमण पुष्टी भइसकेको छ । सोमबार सुरु हुने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने र त्यसमा मतविभाजन गर्ने तयारी छ ।
FACEBOOK COMMENTS