काठमाडौं, वैशाख ७ – कोरोना संक्रमितको संख्या दिनदिनै उकालो लागेपछि सरकार फेरी लकडाउनतर्फ अगाडी लागेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयले फेरी सरकार लकडाउनतर्फ अगाडी बढेको देखिएको हो ।
मन्त्रीपरिषद्ले कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाको मापदण्ड कडाईका साथ पालना गर्ने/गराउने निर्णय गरेको छ ।
यसक्रममा ४० वटा स्थानीय तहमा वैशाख मसान्त अर्थात एक महिनासम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेको सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले यस्तो निर्णय भएको जानकारी दिए ।
यसैगरी, सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जम्मा हुन नपाउने सरकारको निर्णय छ । जसअनुसार विहे र मलामीमा पनि २५ जनाभन्दा बढी जम्मा हुन पाइँदैन ।
यस्तै, रात्रिकालिन व्यवसाय बेलुका ८ बजेदेखि खोल्नै नपाइने व्यवस्था समेत सरकारले गरेको छ । यी तीन दृष्य हेर्दा सरकार फेरी ‘स्टेप बाई स्टेप’ लकडाउनतर्फ लम्किरहेको देखिन्छ ।
FACEBOOK COMMENTS