काठमाडौं, ९ फागुन-कोरोना सङ्क्रमणका कारण विदेशमा थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको कोरोना सङ्क्रमणका कारण मूत्यु भएको हो । यो सँगै २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३६ जना पुगेको छ ।
गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६३० जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १२० जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत छ ।
सङ्घका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।
FACEBOOK COMMENTS