काठमाडौं, मंसिर २५ – कोरोना भाइरस महामारीले नेपाली अर्थतन्त्रमा १ खर्ब ९८ अर्ब १८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । राष्ट्रिय योजना आयोगले गरेको महामारीको प्रभाव सम्बन्धी एक अध्ययनले प्रारम्भिक अनुमानले यस्तो देखाएको हो । आयोगले चैतदेखि असारसम्म गरेको अध्ययन प्रतिवेदनले सबैभन्दा बढी प्रभाव उत्पादनमूलक उद्योगमा परेको देखाएको छ भने सेवामूलक उद्योग पनि उत्तिकै प्रभावित बनेका छन् । अर्थतन्त्रको हरेक क्षेत्रमा असर परेको राष्ट्रिय योजना आयोग सदस्य डा. रामकुमार फुयालले बताए ।
यो सहितको अर्थतन्त्रको द्वितीय क्षेत्र (निर्माण, उद्योग र विद्युत, ग्याँस तथा पानी)मा परेको छ । आयोगले महामारी कारण भएको क्षति कुल गार्हस्थ्य उत्पादन( जीडीपी) मा पुग्न सक्ने क्षतिको आधारलाई अनुमानित गरिएको छ ।
कोभिडका कारण कृषि क्षेत्रभन्दा गैरकृषि क्षेत्रमा धेरै असर देखिएको छ । गैर–कृषि क्षेत्रमा १ खर्ब ५५ अर्ब ९७ करोडले ह्रास आउँदा कृषि क्षेत्रको मूल्य अभिवृद्धि ९ अर्ब ६४ करोडले प्रभावित भएको छ । चैतदेखि असारसम्म गरिएको अध्ययनले महामारीअघिको जीडीपीको उत्पादकमूल्यमा ३९ खर्ब ४ अर्बबाट असारसम्ममा ३७ खर्ब ६ अर्बमा झरेको देखाएको आयोगले जनाएको छ ।
कोरोना महमारीले कृषि क्षेत्रमा कुल १९ अर्ब क्षति पुगेको छ । तरकारी, दूध, पुष्प, कुखुरा, मासु, अण्डा, माछासहितको क्षेत्रमा गरिएको अध्ययनले चैतदेखि असारसम्म शत प्रतिशतसम्म असर परेको देखिएको हो ।
लकडाउनका कारण सबैभन्दा ठूलो नोक्सानी कुखुराको मासुमा भएको छ । बजार अभाव तथा अन्य समस्याका कारण कुखुराको मासुमा सबैभन्दा बढी ६ अर्ब ७५ करोड क्षति भएको अध्ययनले देखाएको हो । त्यस्तै दूधमा २ खर्ब ७० करोड, तरकारी बालीमा २ अर्ब ३९ करोड, अण्डामा १ अर्ब ३५ करोडको क्षति भएको छ ।
चिया, अन्य मासु, पशुपंक्षीको दाना तथा कच्चा पदार्थ, पशुपक्षीको औषधि, पशुपक्षिको खोप, माछामा १८ अर्ब ९० करोड बराबरको क्षति भएको छ ।
उद्योग क्षेत्रमा भने सबैभन्दा ठूलो असर गएको वैशाखमै देखिएको छ । गएको ११ चैतमा बन्दाबन्दी लागू हुनुअघि जम्मा सात वटा उद्योग दर्ता भएका थिए । त्यसपछि वैशाख महीना उद्योग दर्ता नै भएका छैनन् भने जेठमा जम्मा तीन वटा उद्योग दर्ता भएका छन् ।
FACEBOOK COMMENTS