असार १९ – रोल्पाको पश्चिमी एक गाउँको गोठमा क्वारेन्टाइन झुण्डिएर आत्महत्या गरेका ३१ वर्षीय पुरुषमा कोभिड(१९ पोजिटिभ देखिएको छ । गंगादेव गाउँपालिका (५ का पुरुषले असार १८ गते क्वारेन्टाइनमै आत्महत्या गरेका थिए । आत्महत्यापछि मृतकको स्वाब संकलन गरी परीक्षणका लागि अस्पताल पठाइएको थियो । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणबाट मृतक पुरुषमा कोरोना भाइरस पोजिटिभ आएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानामगरले जनाए ।
मृतकमा कोरानो भाइरस पोजिटिभ देखिएपछि झुण्डिएको अवस्थामा शव निकाल्ने, बोक्ने र पोष्टमार्टमका लागि अस्पतालनसम्म पुर्याउन गएका आफन्त र छिमेकीमा त्रास फैलिएको छ । गंगादेव गाउँपालिका (५ का वडा अध्यक्ष मानबहादुर डाँगीले मृतकको कन्ट्याक्टमा रहेका सबैको पहिचान गरी क्वारेन्टाइनमा राख्न र गाउँलाई सिल गर्ने तयारी भइरहेको जनाए । वडा सदस्य कमलप्रकाश खत्री र लक्ष्मी बुढा मृतकको गाउँ पुगेर कन्ट्याक्ट ट्रेसिङमा जुटेका छन् ।
मृतकका माहिला भाइका अनुसार आत्महत्या गर्ने भाइ आठ महिनाअघि वैदेशिक रोजगारीका लागि दुवै गएका थिए । कोरोना भाइरस महामारीका कारण उनलाई कम्पनीले नेपाल फर्काएको हो ।उनी असार १० गते गाउँ फर्किएका थिए । गाउँ फर्किएपछि वडापालिकाले विद्यालयमा तय गरेको क्वारेन्टाइनमा बसेका थिए ।
गुराँसे तारा प्राथमिक विद्यालय क्वारेन्टाइनमा भारतबाट गाउँ फर्किएका ७ जना पनि बस्दै आएका थिए। भारतबाट फर्किएकाले तेस्रो मुलुकबाट फर्किएकालाई आफूहरुसँगै राख्न नहुने भन्दै अलग राख्न अनुरोध गरेका थिए ।
विद्यायलको क्वारेन्टाइनमा नराख्न गुनासो आएपछि दुवैबाट फर्किएका छोरालाई बुवाले भाइको गोठमा क्वारेन्टाइन गर्ने गरी जिम्मा लिएका थिए । घरदेखि करिब अढाइ सय मिटर नजिकैको काकाको गोठमा असार ११ गतेदेखि क्वारेन्टाइन बस्दै आएका थिए । ुआत्महत्या गर्ने पुरुषको बुवाले घर नजिकैको गोठमा क्वारेन्टाइन बनाइ राख्ने र खाना पुर्याउन सजिलो हुने भनेपछि विद्यालयको क्वारेन्टाइनबाट पठाएका थियौं, ुवडा अध्यक्ष डाँगीले भने, ुआफन्तकै गोठमा क्वारेन्टाइनमा बसेपनि वडापालिकाबाट दिइने खाना सुविधा दिने व्यवस्था मिलाइएको थियो ।ु
विदेशमा पनि दुई महिना क्वारेन्टाइनमा बसेको मृतकका भाइले जनाए । ुगोठमा बस्ने चाँजोपाजो मिलाउँदै गर्दा स्वास्थ्यमा समस्या नभए घरपरिवारसँगै बस्नुभन्दा दाइले १४ दिन क्वारेन्टाइनमै बस्छु भन्नु भएको थियो, माहिलो भाइले भने, ुपरिवारका सदस्यलाई पनि आफ्नो नजिक नआउन भन्नु हुन्थ्यो ।
पत्नी, आमा र छोरोछोरीले खाना टाढैबाट पुर्याउन जाने गरिरहेका थिए । परिवारका सदस्य कहिलेकाहीं टाढाबाट गफ गर्न जाने गरेको बुझिएको छ । कुराकानीकै क्रममा विदेशमा पनि कमाइ नभएको, ऋण कसरी तिर्ने होला, छोराछोरीलाई कसरी पढाउने भन्ने गरेको आफन्त बताउँछन् ।
असार १७ गते बिहान पत्नीले गोठमा रहेका पतीलाई फोन गरेकी थिइन् । मोबाइल नउठेपछि छोराछोरीलाई गोठमा हेर्न पत्नीले पठाइन् । छोराछोरी गोठमा जाँदा प्रवेश ढोका बन्द रहेको थियो । बाहिरबाट जोडले बोलाउँदा पनि केही प्रतिक्रिया नआएपछि आमा र परिवार अन्य सदस्य गोठमा पुगेका मृतक भाइले जनाए ।
उनले भने, ढोका खोलेर हेर्दा, सुत्ने कोठादेखि पल्लो कोठामा गएर वुईगल जाने भर्याङ माथिको दलिनमा झुण्डिएको अवस्थामा फेला पारेका थियौं ।ु मृतकका पत्नीसहित दुई छोरा र दुई छोरी छन्। करिब ७ वर्ष साउदीमा बसेर गाउँ फर्किएका मृतक दुई वर्ष गाउँमै बसेका थिए । परिवार पाल्ने चिन्ताले नै उनी २०७६ मंसिर २९ गते दुवै उडेका थिए । मंसिर १० गते दुवै जान गाउँबाट काठमाडौं हिँडेका थिए । दुवैको कम्पनीमा पुगेपछि करिब एक महिनामात्र काम भएको आफन्तसँग सुनाएको बुझिएको छ ।
FACEBOOK COMMENTS