काठमाडौं,चैत ३०- विश्वभर फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या १४ पुगेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको ज्यान गएको छ ।
स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमित हुनेमा अमेरिकामा ५ सय, बेलायतमा एक सय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा ४, पोर्चुगलमा ८, अष्ट्रेलियामा ९, साउदी अरेबियामा ४, कुवेतमा ५, जापानमा १, मलेसियामा १, म्यानमारमा १ र हङकङमा १ जना हुन् ।
नेपालमा भने ३ हजार ५ सय २५ जनामा परिक्षण गरिएकोमा १२ जनामा कोरोना संक्रमण देखिएको छ भने १ जना कोरोना मुक्तको समितिले जनाएको छ ।
FACEBOOK COMMENTS