काठमाडौं, भदौ ५ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड-१९) का कारण ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ।
शुक्रबार मृत्यु हुनेमध्ये एक महिला र १० पुरुष रहेका छन् । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठान गरेर ११ जिल्लामा एक-एकजना गरेर ११ जनाको मृत्यु भएको हो ।