काठमाडौं, भदौ १४ – सरकारले पीसीआर परीक्षणको लागि दबाब नदिन आग्रह गरेको छ। पीसीआर परीक्षण महँगो भएको र सरकारको ठूलो धनराशी खर्च हुने हुँदा आवश्यक हुनेहरुले मात्रै परीक्षण गर्न मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गरेका हुन्।
सरकारले आवश्यक ठानेका, लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिले मात्रै पीसीआर परीक्षण गर्नुपर्ने उनको भनाइ छ। पीसीआर परीक्षण नै कोरोनाको औषधि जस्तो नगर्न तथा शंका लागेका र कोरोना पुष्टि भएर पनि लक्षण नदेखिएकाहरु घरमै आइसोलेशनमा बस्दा सबैभन्दा उत्तम हुने प्रवक्ता गौतमले बताए।
उनले होम आइसोलेशनमा बस्दा आफू मात्रै नभइ अरु व्यक्ति पनि सुरक्षित हुने भएकाले लक्षण नदेखिएकाहरु आइसोलेशन सेन्टर या अस्पतालमा जानु नपर्ने बताए।
FACEBOOK COMMENTS