काठमाडौं, भदौ २६ – कोरोना भाइरसका विषयमा अफवाह फैलाएको भन्दै प्रहरीले पोखरामा दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, पर्वतको मोदी गाउँपालिका – ७ घर भई कास्कीको पोखरा बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर घर भई पोखरा बस्ने २२ वर्षीय निरज लम्साललाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जिवन श्रेष्ठका अनुसार पीसीआर टेस्टको रिपोर्ट उलटपुलट गरी सामाजिक सञ्जालमा पोस्ट गरेर अफवाह फैलाएको भन्दै उनिहरुलाई पक्राउ गरिएको हो ।
अहिले दुवै जनाविरुद्ध झुट्टा अफवाह फैलाउन नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS