काठमाडौं, असोज १८ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोेरोना संक्रमण भएपछि परीक्षणात्मक औषधि लिइरहेको भनी खबर आइरहेका छन् । कोभिडको उपचारका लागि विभिन्न थरीका औषधि र खोपहरूको चर्चा बजारमा छ ।
एकताका हाइड्रोक्सीक्लोरोकिनको व्यापक चर्चा थियो । अनि अत्यन्तै गम्भीर रोगीहरूलाई डेक्सामेथासोन नामक औषधिले पनि काम गरेको प्रमाणहरू पाइन्छन् । शनिवार आरईजीएन–कोभ२ भन्ने खासै चर्चा नसुनिएको औषधिको सिंगल ८ ग्राम डोज ट्रम्पलाई दिइएको भनी रेगेनेरोन फार्मासुटिकल्सले बयान जारी गरेर पुष्टि गर्यो । दुईवटा मोनोक्लोनल एन्टीबडीहरू मिसाएर उक्त औषधि तयार पारिन्छ ।
आरईजीएन–कोभ२ लगायतका अनेकौं औषधिहरू कोरोनाविरुद्ध परीक्षण गरिएका छन् र ती प्लाज्मा थेरापीकै हिस्सा हुन् । औषधि बनाउनेहरूले कोभिड रोगीहरूलाई निको बनाउन प्लाज्माबाट एन्टीबडीहरू आइसोलेट गर्न खोजिरहेका छन् । प्लाज्माको २०० मिलिलिटर दिनुको साटो विशेष एन्टीबडीहरू दिन खोजिएको हो । भारतमा फाभिपिराभिर र रेमडेसिभिर नामक एन्टीभाइरलहरू दिएर कोभिडको उपचार गरिँदैछ ।
अनि कोभिडको सामान्य ज्वरो आएका र होम आइसोलेसनमा बसेका रोगीहरूका लागि इन्भरमेक्टिन–डोक्सीसाइक्लिनको संयोजन सही हुने पनि बताइँदैछ । तर यी औषधिहरूलाई विशाल स्तरमा उपयोग गरिएको छैन । तिनीहरूले कोभिड रोगीलाई साँच्चै निको पार्छन् भन्ने विषय प्रमाणित भइसकेको छैन ।
FACEBOOK COMMENTS