काठमाडौं, चैत २७ – कतारले अब विदेशमा कोरोनाविरुद्धको खोप (भ्याक्सिन) लगाएकालाई पनि कतार प्रवेश पश्चात अनिवार्य होटल क्वारेन्टाइन बस्न नपर्ने गरी छुट दिने भएको छ । कतार बाहिर रहँदा फाइजर, बायोनटेक भ्याक्सिन, मोर्डना, आस्ट्राजेनेका र जोन्सन एण्ड जोनसन खोप लगाएकाहरुलाई होटेल क्वारेन्टाइन बस्न नपर्ने नयाँ नियम जारी गरेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क्वारेन्टाइनको छुट प्राप्त गर्न जोनसन खोपको पहिलो डोज लगाएको हुनु पर्ने र यो बाहेकका अन्य दुई खोप लगाई सकेको हुनुपर्नेछ । खोप लगाएको १४ दिन पुगिसकेको हुनु पर्नेछ । खोप लगाएको आधिकारिक प्रमाणसहित छाप हुनुपर्ने छ ।
माथि उल्लेखित मापदण्ड पूरा गर्ने सबै व्यक्तिको एहतेराजमा स्वास्थ्यस्थिति हरियो हुनुपर्ने, त्यसपछि कतारमा प्रवेश गरेपछि होटल र घर क्वारेन्टाइनबाट छुट दिइने मन्त्रालयले जनाएको छ । यसअघि कतारमा खोप लगाएकालाई मात्र यो सुविधा दिएको थियो ।
FACEBOOK COMMENTS