काठमाडौं, मंसिर ३ – कोभिड-१९ विरुद्ध चीनले विकसित गरेको एउटा खोपले त्यहाँ मध्य-चरणका परीक्षणहरूमा सफलताको सङ्केत दिएको अनुसन्धानकर्ताहरूले बताएका छन्। चीनमा हाल विभिन्न खोपहरू तयार गरिँदैछ र तीमध्ये केही त मानिसहरूलाई लगाइपनि सकिएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार सिनोभ्याक बायोटेक नामक समूहले तयार पार्दै गरेको खोपले ७०० जना मानिसमा गरिएको परीक्षणका बेला तिनमा तीव्र रोग प्रतिरोधी प्रतिक्रिया उत्पन्न हुन सकेको थियो।
युरोपेली र अमेरिकी खोपहरूको ठूलो स्तरको परीक्षणबाट प्राप्त तथ्याङ्कहरूले ती खोपहरू सफल रहेको भन्ने देखाएको विवरणहरू आइरहँदा यो पछिल्लो घोषणा आएको छ।
अमेरिका, जर्मनी र रुसमा विकास गरिएको तीनवटा खोपहरूको परीक्षणका तथ्याङ्कहरू सार्वजनिक भएका छन् र दशौँ हजारमा गरिएको परीक्षणमा ती खोप ९०% भन्दा बढी नै प्रभावकारी देखिएको बताइएको छ।
FACEBOOK COMMENTS