काठमाडौं, पुस २- मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिकास्थित कोशी अस्पतालमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
कोशी अस्पताल परिसरमा कोशी अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा। गुणराज लोहनीले एक समारोहकाबीच उक्त एक्स्टेन्सन काउण्टरको उदघाटन गरेका छन् ।
कोशी अस्पतालमा सञ्चालित एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक विदाको दिन बाहेक विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमामा आउने सम्पुर्ण सेवाग्राहीलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।
उपचारको सिलसिलामा कोशी अस्पतालमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन् ।
FACEBOOK COMMENTS