काठमाडौं – कोशी नदीको ५० किलोमिटर दुरीमा जेटबोट र स्पिडबोट सञ्चालन गर्न पर्यटन विभागले स्वीकृति स्विकृती दिएको छ ।
कोसी एड्भेन्चर प्राइभेट लिमिटेड र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवाले नदीमा जल यातायात संचालन गर्न अनुमति पाएका हुन।
कोसी एड्भेन्चरले कोसी नदीमा स्पिडबोट सञ्चालन गर्ने बताएको छ । त्यस्तै सुनकोसी, सप्तकोशी र अरुण नदीमा वराह क्षेत्रले स्पिडबोट सञ्चालन गर्ने छ । स्पिडबोट सुनसरी, उदयपुर, धनकुटा र भोजपुरमा सञ्चालन हुने जनाएको छ ।
यसअघि नै कोशी नदिमा बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालीले २५ सिट क्षमताको मिनी पानी जहाजको परिक्षण सञ्चालन गरिरहेको छ । सो कम्पनीले ३ वटा मिनी पानी जहाजबाट बराहक्षेत्रदेखि भोजपुरसम्म जल यात्रा आरम्भ गराउन लागेको हो । २५ सिट क्षमताको जेटबोटले चतरादेखि भोजपुरको सिम्लेसम्म ५० देखि ६० किलोमिटर दुरी पार गर्नेछ ।
नेपालमा यो जेटबोट पहिलो पटक भित्र्याउन लागिएको हो, यसको प्ररम्भिक लागत ५ करोड रुपैयाँ अनुमान गरिएको छ ।
FACEBOOK COMMENTS