अन्जनराज न्यौपाने
तनहुँ, ३ मंसिर- कौडा खेलिरहेको अवस्थामा फेला परेका १५ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। भानु नगरपालिका १२ मिर्लुङ कवाचित भन्ने स्थानबाट कौडा खेलिरहेका १५ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको हो। स्थानीय उमेश अधिकारीको बारीमा रहेको कटेजमा जुवा खेलिरहेका ती व्यक्तिलाई मध्ये राती पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिल्सिनाले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट प्रहरी निरिक्षक प्रकाश भुषालको कमाण्डमा गएको ९ जना प्रहरीको विशेष टोलीले कौडा खेल्दै गरिरहेको अवस्था सोही स्थानका सन्तोष खडका, बलराम अधिकारी, उत्तम पण्डित, अमृत श्रेष्ठ, खड्गबहादुर गुरुङ, चन्द्रबहादुर शाही,सुमन खनाल, रामु मल्ल, हरी खड्का, राम गुरुङ, आसकुमार श्रेष्ठ रामलाल गुरुङ, विष्णुबहादुर भण्डारी,शिवकुमार श्रेष्ठ र पुरन गुरुङ लगायतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनीहरुबाट नगद पौने ४ लाख रुपैयाँसहित कौडा र १ थान सुनको जस्तो देखिने औंठी बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS