काठमाण्डौँ — क्यान महासघंको २५ औ वार्षिक साधारणसभा काठमाडौँमा सम्पन्न भएको छ ।
साधारण सभा माननिय संचार तथा सुचना प्रबिधि मन्त्री गोकुल बांस्कोटाले उद्घघाटन गरे ।
उद्घघाटन कार्यक्रममा बोल्दै उनले क्यान महासघंले संचार तथा सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा पुर्याएको योगदानको प्रशंसा गदै अझ सक्रिय भएर लाग्नु पर्ने बताए ।
कार्यक्रममा उद्योगवाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले उद्योगी व्यवसायीलाई काम गर्ने र लगानी गर्ने वातावरण श्रृजना गरिदिनुपर्ने बताए ।
क्यान महासंघको अध्यक्ष श्री हेमन्त कुमार चौरसियाले सरकारले सहयोग गरे ७ सय ५३ वटै स्थानीय तहलाई प्रविधि मैत्री बनाउन क्यान महासंघले प्रबिधिक सहयोग गर्ने प्रतिबदता ब्यक्त गरे ।
FACEBOOK COMMENTS