काठमाण्डौं— नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पछिल्ला वर्षमा निरन्तर नाफा आर्जन गर्न सफल भएको छ ।
प्राधिकरणले स्थापनापछि पहिलोपटक आ.व. २०६८/६९ मा नाफा आर्जन गरेको थियो ।
पछिल्ला वर्षमा पनि निरन्तररूपमा आर्जन गर्दै रु सात अर्बभन्दा बढी नाफा पुयाएको छ ।
प्राधिकरणको २०औँ वार्षिकोत्सवका अवसरमा हालै सार्वजनिक गरिएको प्रतिवेदनअनुसार आ.व. २०७३/७४ सम्मको कूल सञ्चित नाफा सरकारलाई बुझाउने लाभांश बापतको रकम कट्टा गरेपछि रु सात अर्ब ३७ करोड ५६ लाख पुगेको छ ।
सो नाफाको आधारमा महालेखा परीक्षकबाट प्रमाणित आ.व.२०७२/७३ सम्मको वित्तीय विवरणबमोजिम सरकारको शेयर लगानीको लाभांशबापत छुट्याइएको रकम रु एक अर्ब ६३ करोड ५६ लाख भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ ।
— कारोबार
FACEBOOK COMMENTS