काठमाडौँ, आश्विन २८ –पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। पोर्चुगिज फुटबल फेडेरेसनले रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएको हो।
३५ वर्षीय फुटबलर रोनाल्डोमा कुनै पनि लक्षण नदेखिएको र हाल उनी आइसोलेसनमा रहेको जानकारी फेडेरेसनले विज्ञप्तिमार्फत् जनाएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य छ।
FACEBOOK COMMENTS