काठमाण्डौँ — भूकम्पले भत्किएका संरचना बनाउन आवश्यक रकम नभएको गुनासो पुनर्निर्माण प्राधिकरणले गरेकोे छ।
सरकारले चालु आवको लागि एक खर्ब ५१ अर्ब बजेट विनियोजन गरे पनि प्राधिकरणले प्रस्ताव गरेका आयोजना कार्यान्वयनका लािग बजेट अभाव हुँदा अघि बढाउन नसकेको हो।
अर्थले विनियोजन गरेको बजेटसमेत दिएको छैन। खर्च अभावका कारण अर्थले पुनर्निर्माणका लागि मात्रै होइन अन्य परियोजनालाई समेत आवश्यक खर्च दिन सकिरहेको छैन।
पछिल्लो सयम केही आयोजनलाई भने रकमान्तर गरेर बजेट दिइएको छ।
चालु आवको यो अवधिसम्म पुनर्निर्माणमा सरकारले ५० अर्ब ५६ करोड खर्च गरेको छ।
प्राधिकरणले पुनर्निर्माणको स्वीकृतीका लागि पठाएका थुप्रै योजना अर्थ मन्त्रालयमा थन्किएका छन्।
— नागरीक
FACEBOOK COMMENTS