काठमाडौं, भदौ १९ – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय गरेसँगै अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका डा. युवराज खतिवडा बाहिरिने निश्चित भएको छ । सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री हुन नपाउने संवैधानिक व्यवस्थाका कारण भोलिदेखि उनी मन्त्रीमा रहन मिल्दैन । उनको ६ महिने कार्यकाल शनिबार सकिँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उनै खतिवडालाई दोहोर्याउने तयारी गरेको भए पनि सचिवालयका बाँकी सदस्य त्यसको विरोधमा रहेकाले गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो । अब नेकपाले गौतमलाई मनोनित गर्न राष्ट्रपतिलाई सरकारले सिफारिस गर्ने निर्णय लगत्तै खतिवडाको सम्भावना सकिएको छ ।
वामदेव गौतम मन्त्री बन्न मिल्छ ?
नेपालको संविधानले हालको व्यवस्थ अनुसार वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गरे पनि मन्त्री बनाउन मिल्ने कि नमिल्ने बहसको विषय छ । संविधानको धारा ७८ को उपधारा ९४० मा गरिएको व्यवस्थाअनुसार गौतम मन्त्री बन्न योग्य हुने छैनन् । धारा ७८ को को ‘उपधारा ४ ९१० मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा ९१० बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन’ भनिएको छ ।
उक्त धाराको उपधारा १ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ भन्ने व्यवस्था गरेको छ ।
यदी गौतम प्रतिनिधिसभाको चुनाव लडेको अवस्था हुँदैनथ्यो भने उनी मन्त्री बन्न पाउने थिए । तर, उनी २०७४ सालको निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि चुनाव लडेर हारेका थिए । संवैधानिक व्यवस्था अनुसार गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित भएपनि मन्त्री बन्न पाउने देखिँदैन । तर मन्त्री बन्न सांसद भएको व्यक्ति हुनुपर्ने संविधानको अर्को व्यवस्थाले गौतमलाई मन्त्री बन्नका लागि कानुन बाधक नबन्ने अर्का कानुन व्यवसायीको तर्क छ ।
यी हुन् प्रमुख दाबेदार
राष्ट्रिय सभामा गौतमलाई लैजाने नेकपाको निर्णयसँगै उनलाई पनि अर्थमन्त्रीको प्रतिस्पर्धीका रुपमा हेरिएको छ । उनीसँगै पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपाका महासचिव विष्णु पौडेलको दाबेदारी छ भने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले जनार्दन शर्मा या वर्षमान पुनको सम्भावना रहेको छ भने माधवकुमार नेपाल समूहबाट सुरेन्द्र पाण्डेलाई आगामी अर्थमन्त्रीको रुपमा हेरिएको छ ।
अब को ?
अहिले नेकपामा देखिएको आन्तरिक द्वन्द्वका कारण प्रधानमन्त्रीलाई पनि मन्त्री बनाउन त्यति सहज भने पक्कै छैन । पार्टीभित्रको आन्तरिक समीकरणलाई हेरेर नै प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्नुपर्ने अवस्था रहेको एक नेताले जानकारी दिए ।
यो सन्दर्भमा उनको रोजाईमा आफ्ना विश्वासपात्र एवम् पार्टीका महासचिव समेत रहेका पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिन सक्ने बलियो सम्भावना देखिन्छ । यसअघि पनि पौडेलले अर्थमन्त्री भएर काम गरिसकेको र पार्टीको महासचिव एवम् त्यो भन्दा बढी आफ्ना विश्वासपात्रका कारण पौडेललाई नै अर्थमन्त्री बनाउने धेरै सम्भावना रहेको नेकपाका नेताहरु बताउँछन् ।
अर्को दाबेदार हुन्, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे । पाण्डे पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका हुन् । उनलाई अर्थमन्त्री बनाएर नेपाल समूहलाई आफ्नो पक्षमा पार्न सक्ने अर्को सम्भावना पनि देखिएको नेकपाकै नेताहरु बताउँछन् । अर्का अध्यक्ष प्रचण्डले पनि आफ्ना नजिकका नेतालाई मन्त्री बनाउन दबाब दिन सक्ने एक नेता बताउँछन् ।
दाहालको रोजाइमा जनार्दन शर्मा या वर्षमान पुनमध्ये एक हुन सक्ने स्रोत बताउँछ ।
FACEBOOK COMMENTS