काठमाडौं, माघ १४ – लाेकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेट चाैथाे बर्षमा प्रवेश गरेकाे छ । खल्तीले प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज र सरल बनाउँदै आएकाे छ । सुरू गरेकाे तीन बर्षमै खल्ती वालेटका १४ लाखभन्दा बढी प्रयाेगकर्ता भएका थिए।
‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिन्छ । यसकाे प्रयाेग गरेर माेवाइलबाटै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । खल्तीबाट रकम भुक्तानी गर्दा क्यासब्याक समेत पाइन्छ । यसले गर्दा ग्राहककाे नगदकाे बचतसमेत हुन्छ ।
खल्तीले बार्षिकाेत्सवका अवसरमा प्रवर्धनात्मक याेजना सुरू गरेकाे छ । यस याेजना अन्तर्गत कुल १६ जना प्रयोगकर्ताले ४ हप्तासम्म ४ ओटा सुविधा मध्य कुनै एकको भुक्तानी गरी सहमागी भएर निम्न उपहार जित्न सक्नेछन्। हरेक हप्ता:
यो याेजना यही जनवरी २६ देखि फेब्रुअरी २६ सम्म एक महिना संचालन हुनेछ ।
कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ?
‘खल्ती’ एप यो Khalti.com/app बाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ । माेबाइलमा डाउनलाेड गर्न गुगल प्ले स्टाेर वा एप्पल स्टाेरमा याे एप उपलब्ध छ ।
FACEBOOK COMMENTS