काठमाडौं, वैशाख ३ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्याकारी अधिकृत (सीईओ) मा मोहन प्रकाश चन्द नियुक्त भएका छन् ।
चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालिन खाद्य संस्थानको ९ औं तहबाट अवकास पाएका चन्दलाई कम्पनीको प्रमुख कार्याकारी निर्देशक बनाउने निर्णय गरेको हो । विसं २०७४ असोजदेखि खाद्य संस्थान नेतृत्व बिहीन थियो । नवनियुक्त प्रमुख कार्याकारी अधिकृत चन्दले बिहीबार पदभार ग्रहण गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् ।
FACEBOOK COMMENTS