काठमाण्डौँ — दोलखाको गौरीशंकर गाउँपालिका–५, सुरीदोभानमा निर्माणाधीन तल्लो खारेखोला जलविद्युत् आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ ।
११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत् आयोजनाले आउँदो ६ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको हो ।
युनिभर्सल पावर कम्पनीले निर्माण गरेको आयोजना २ वर्षअघि अर्थात् २०७३ मंसिरबाट सुरु गरेको हो ।
कम्पनीका कार्यकारी अध्यक्ष विनय भण्डारीले २ वर्षमा आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पुगको जानकारी दिए ।
आयोजना आयोजनाको सिभिल निर्माणअन्तर्गतका हेडवक्र्स, डिस्यान्डर बेसिन, वाटरवेको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको हेडवक्सदेखि पावर हाउससम्मको पेनस्टक पाइप जडान, पावर हाउस निर्माणको कामसमेत एक साथ जारी छ ।
— कारोबार
FACEBOOK COMMENTS