काठमाडौं, मंसिर ३ – कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउनका कारण रोजगारी गुमाएर भोकै बस्नुपरेका मजदुर लगायत असहाय व्यक्तिहरूलाई खुलामञ्चमा निःशुल्क खाना वितरण गरिँदै आएकोमा अबदेखि थापाथलीमा खाना वितरण गरिने भएको छ । खुलामञ्चमा निःशुल्क खाना वितरण गरेकोप्रति काठमाडौं महानगरपालिकाले आपत्ति जनाएको थियो ।
बुधबारदेखि काठमाडौं महानगरपालिका र खुलामञ्चमा निःशुल्क खाना वितरण गर्दै आएका संस्थाहरूबीचको सहमति अनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै खाना वितरण गर्ने कार्य सुरु भएको हो ।
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना वितरण गरेकोप्रति आपत्ति जनाउँदै आएको थियो । तिहारपछि खुलामञ्चको सट्टा अर्को ठाउँमा खाना वितरण गर्ने सहमति महानगर र संस्थाहरूबीच भएको थियो ।
FACEBOOK COMMENTS