डिएन घिसिङ
खेलकुदमा पोषणको महत्व अधिक रहने गर्दछ । खानाबाट शरीरलाई चाहिने पोषक तत्वहरू प्राप्त हुन्छ । मांसपेसीमा उत्पन्न हूने उर्जा पोषक तत्वहरूबाट नै प्राप्त गर्न सकिन्छ । तसर्थ खेलाडीका लागि पोषण एक प्रमुख तत्व हो। खेल प्रदर्शनमा पोषणको भूमिका उल्लेख्य रहन्छ । यस मानेमा पोषणले खेल प्रदर्शनका क्रममा हुने सफलता वा असफलतालाई निर्धारण गर्दछ । खेलाडीले गर्ने आहारविआरमा सही मात्रामा पोषण तत्व हुन आवश्यक हुन्छ । शारिरिक उर्जा प्राप्त गर्न भिटामिन, खनिज, प्रोटीनका साथै पर्याप्त मात्रामा तरल पदार्थ अति आबश्यकता रहने गर्दछ । कुनै पनि ठोस पदार्थको भोजनबाट मात्रै शरिरका लागि चाहिने आवश्यक पोषक तत्वहरू पूरा गर्न सकिदैन। विभिन्न खाद्य पदार्थहरूले शरीरको मांसपेशीमा आवश्यक उर्जा र शक्ति संचित गर्न सघाउ पुग्छ । खेल विज्ञहरुले खेलाडीहरुको ब्यायम तथा तालिममा तुलनात्मक रुपमा उर्जा शक्तिको अपरिहार्यता रहने हूदाँ पोषणको मह्त्व माथि जोड दिदै आएका छन् । दैनिक प्रशिक्षण र बिशेष प्रदर्शनको तयारीको क्रममा खानपिनमा अनुशासन र योजनाको आवश्यकता रहने गर्दछ। जसले पोषण संबन्धमा शारीरिक आवश्यकता परिपूर्ति गर्ने हूदाँ खेल प्रदर्शनलाई टेवा पुर्याउँदछ । सन् १९९९ मा अमेरिकी चिकित्सक एलन क्रिष्टसनले गरेको एक सोधले खेलाडीहरू बढी शारीरिक क्रियाकलापमा संलग्न हुने हुदाँ कम सक्रिय व्यक्तिहरू भन्दा उनीहरुलाई पोषक तत्व बढी चाहिने उल्लेख गरको छ।खेलमैदानमा खेलाडी औसत फिटनेस भन्दा पनि आफ्नो शरीरबाट धेरै शक्ति क्षिण गर्दछन् र यसको उत्कृष्टतामा प्रदर्शन राख्न रिकभरी राख्नको लागि प्रोटिन खाद्य पदार्थ वा सही पोषकहरूको जरुरी पर्ने उल्लेख गरेका छ्न्।
‘दैनिक प्रशिक्षण र बिशेष प्रदर्शनको तयारीको क्रममा खानपिनमा अनुशासन र योजनाको आवश्यकता रहने गर्दछ। जसले पोषण संबन्धमा शारीरिक आवश्यकता परिपूर्ति गर्ने हूदाँ खेल प्रदर्शनलाई टेवा पुर्याउँदछ ।’
प्रतिस्पर्धी व्यायाममा सहभागी हुनेहरुका लागि पोषक तत्वको आवश्यकता अझ बढी हुन्छ। खेलमा भाग लिने खेलाडीहरू नियमित निर्धारित समय भन्दा बढि लगातार विभिन्न शारिरीक गतिविधीमा संलग्न हुने गर्दछन्। र त्यस बखतमा शरीरले अघिपछि भन्दा बढि उर्जा खपत गर्ने गर्दछ । पर्याप्त पोषण सेवनको अन्य फाइदाहरूमा शरीरको संरचनामा परिवर्तन, चोटपटक कम हुने र व्यावसायिक यात्रासँग सम्बन्धित रहेको हुन्छ।
प्रोटीन र खेल प्रदर्शन
खेलाडीले आहार सेवन गर्दा अनुशासनमा रहदाँ मात्रै सफलता वा उत्कृष्ट प्रदर्शन देखाउने सक्ने अध्ययनहरुबाट पुष्टि हुदै आएको छ। प्रशिक्षणका लागि प्रोटीन आहार एक महत्वपूर्ण हिस्सा हो ।
अनुशासित आहारले खेलाडीको लागी भिटामिन र खनिज आवश्यकताहरू पूरा गर्दछ। बिविधताका आधारमा पोषणलाई निम्न अनुसार वर्गिकरण गरिएको छ।
क० सास्कृतिक स्वभाव
ख०आधुनिक स्वभाव
ग०भौगोलिक स्वभाव
‘खेलाडीले आहार सेवन गर्दा अनुशासनमा रहदाँ मात्रै सफलता वा उत्कृष्ट प्रदर्शन देखाउने सक्ने अध्ययनहरुबाट पुष्टि हुदै आएको छ।’
सास्कृतिक स्वभावमा दैनिक जीवन यापन गर्दा प्रयोगमा आएका खुराक वा खानपिन भन्ने बुझिन्छ।लोकविश्वास, जाति, धर्म आदिका आधारमा खानाका अनेक रूप विकास भएका छन्।बिशेषत सामाजिक र पारिवारिक रहन सहन सग आस्रित राख्ने भएकाले खेलाडी जिबनमा समेत प्रत्यक्ष प्रभाव हुने गर्दछ।दैनिक सेबनले आहारको स्वाद र शारीरिक सहजता जस्ता प्रत्यक्ष अनुभुती गराउदछ।सास्कृतिक स्वभावमा शरीरलाई चाहिने क्यालोरी बारेमा स्पष्ट देखाउन सकिदैन।विशेषत उपभोग्य बस्तुलाई सामाजिक परिवेशको मह्त्वको रूपमा हेरिएको हुन्छ।
आधुनिक स्वभाव अन्तर्गत स्वस्थ बद्र्धक खुराक पर्दछ। खानाबाट प्राप्त हूने क्यालोरीहरू हिंड्न, सोच्न, सास फेर्न, र अन्य महत्वपूर्ण कार्यहरूको लागि प्रयोग हुन्छ ।तसर्थ खेल जीवनमा आधुनिक स्वभावले महत्व बोक्ने गर्दछ।
भौगोलिक स्वभावमा प्राकृतिक पर्यावरणमा निहित रहेर खुराकको प्रबन्ध गरिन्छ ।भौगोलिक स्थिति, मौसम, अन्नबालीको उपलब्धता यसको प्रमुख कारण हो।पर्यावरण र शारीरिक अनुकूलतामा यसको प्रमुख भूमिका रहन्छ। सबैभन्दा आधारभूत कुरा शारीरिक सरंचना अनुसार खेलाडीको लागी पोषण तय गर्नु राम्रो हुन्छ।खेलाडीको मामलामा प्रदर्शनलाई ध्यानमा राख्दै पौष्टिक आहारको अनुशासन पालन गर्नु जरुरी छ।किनकि खेल प्रदर्शन गर्न आवश्यक ऊर्जाका लागि पौष्टिक आहारको अनुशासनपालना गर्न निकै आवश्यक छ । पौष्टिक आहारले शक्ति, प्रशिक्षण, प्रदर्शन, पुर्नताजगी आदी प्राप्तिमा प्रभाव पार्ने हूदाँ यसले खेल क्षमतामा अभिवृद्धि ल्याउन बल पुग्छ ।
FACEBOOK COMMENTS