डिएन घिसिङ
आत्मविश्वास र प्रविधि खेलकुद प्रतियोगितामा खेलाडीको लागि सफलताको सुत्र हो । उत्तम वा खराब प्रदर्शका लागि खेलाडीको मस्तिष्कले तय गर्ने अध्ययनले देखाएको छ। मनोविज्ञानले खेलकुदमा संलग्न खेलाडीहरूलाई जित वा हारलाई निर्धारण गर्ने गर्दछ । मनोविज्ञान एक विषयशास्त्रीय सिद्धान्त हो, जसले बायोमेकानिक्स, साइकोलोजी र धेरै सम्बन्धित क्षेत्रहरुमा प्रभाव पार्ने गर्दछ । अध्ययनको अनुसार मनोवैज्ञानिक कारकहरूले खेलमा प्रभाव पार्ने गर्दछ ।
खेल प्रदर्शन सुधारका लागि मनोवैज्ञानिक कुशलताको निर्देशन र प्रशिक्षणको अतिरिक्त आवश्यकता पर्दछ । खेल मनोविज्ञानमा एथलीटहरू, कोचहरू र पारीवारिक मित्रताको सन्दर्भहरु सहायक रहने गर्दछन् । खेल प्रदर्शन बढाउन खेलाडीहरूलाई विभिन्न मानसिक रणनीतिहरू जस्तै दृश्य, आत्मविश्वास र आधुनिक प्रविधि, बाधाहरूमाथि विजयी प्राप्त गर्न र उनीहरूको पूर्ण क्षमता अभिवृद्धि गर्न मद्दत गर्दछ । मस्तिष्कलाई कसरी सुधार गर्न सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अनुसन्धान विज्ञहरुले खेल मनोविज्ञानमा आधारित रहेर तथ्यहरु प्रकाशित गरिसकेका छन् । मानसिक प्रक्रियामा प्रणालीगत अवलोकन, योग्यता, व्यवहार, अनुभूति, ध्यान र धारणा आदि कारक रहेको पाइन्छ ।
“मस्तिष्कलाई कसरी सुधार गर्न सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अनुसन्धान विज्ञहरुले खेल मनोविज्ञानमा आधारित रहेर तथ्यहरु प्रकाशित गरिसकेका छन् । मानसिक प्रक्रियामा प्रणालीगत अवलोकन, योग्यता, व्यवहार, अनुभूति, ध्यान र धारणा आदि कारक रहेको उजागर गरिएको छ”
अमेरिकाको माइन्ड अफ एथलेट संस्थाले सफलता वा असफलताका बारेमा गरेको अध्ययन अनुसार मनोविज्ञानमा निहित रहने तर्क प्रकाश पारेको छ । व्यायाम मनोविज्ञानको सम्बन्धित सिद्धान्तहरुमा रहेका प्रशिक्षणमा सामेल प्रशिक्षक र खेलाडीहरुमा उत्कृष्ट नतिजा प्राप्त हुने र सफलता मिल्ने औल्याएका छन् । खेलको पहिलो कडी अनुशासन हो । खेलाडीहरू नियम भित्र बाँधिएर जित या हार जे भए पनि त्यसलाई सहजै स्वीकार्ने मनोविज्ञान लिएर मैदानमा उत्रिने गरेकाले खेलमा अनुशासनलाई महत्वपूर्ण कडी मानिएको हो । खेल मनोविज्ञानका अनुसार खेलमा सफलता प्राप्त गर्नका लागि आत्मविश्वास, इच्छा शक्ति, संघर्ष, दृष्टिकोण, लगनशिलता, लक्ष्य, चेतना, नैतिक मूल्य, आत्मसम्मान, मेलमिलाप आदि हुन जरुरी छ । खेलाडीमा डर, चिन्ता, आलस्यता, हेलचेक्राई, भाग्यवादी सोच, नैतिकविहिन गतिविधि, धैर्यताको कमी, अज्ञानता आदि भएमा त्यो खेलाडी खेलमा कहिल्यै पनि सफल हुन सक्दैन् । वातावरण, अनुभव, प्रशिक्षण आदिले खेलाडीको खेल मनोविज्ञानमा ठुलो प्रभाव पार्ने गर्दछ ।
जित प्राप्तिका लागि हुनुपर्ने गुणहरु
१। सकारात्मक सोचको विकास
म सक्छु र म जित्ने छु।म सर्बश्रेष्ठ खेलाडी हु भन्ने भावले खेलाडीलाई उच्चस्तरीय प्रदर्शनमा सुधार ल्याउन बल पुग्दछ।जहिल्यै गरिने कार्यको थप उर्जा सकारात्मक सोचाइबाट वृद्धि गराउन सकिन्छ।मन र मस्तिष्कलाई बलियो आधार तय हुने भएकाले सकारात्मक सोचलाई एक सशक्त हतियार समेत मान्न सकिन्छ।
२। उच्चस्तरको आत्मप्रेरणा ।
प्रयास गरिएका अभ्यासलाई मनन गरेर खेलाडीले जित वा सफलता हात पार्दछ । आफैले आफैलाई प्रेरित गराउन दरिलो आत्म बिश्वास सृजना गर्नु उच्चस्तरको आत्मप्रेरणा हो।
३। यथार्थवादी लक्ष्य निर्धारण
उदेश्य प्राप्तीका लागी गरिएको हरेक प्रयास निरर्थक नहोस भन्नाका लागि लक्ष्यलाई सेट गर्न जरुरी रहन्छ।लक्ष्यलाई यथार्थमा पुर्याउन गरिएको कदम यथार्थ भएमा सफलता पहिचान गर्न सकिन्छ।
४। प्रेरणादायी व्यक्तित्वहरुसँगको सामिप्यता
समाजमा फरकफरक स्वाभाव मानिसहरु बसोबास गरेका हुन्छ। सकारात्मक मानिसको भेट र छलफलले सधै संभावनाको ढोका खोल्ने काम गर्दछ।त्यसकारण उर्जाशिल र प्रेरक ब्यक्तीको संगतले सफलतातर्फ धकेल्ने काम गर्दछ।
५। सकारात्मक आत्म–मन्थनको प्रयोग
आधुनिक ब्यस्त जीवनमा सधैं एक नासले चलेको हुदैन त्यसकारण नकारात्मक सोचको अन्न्त्य गर्न सधै सकारात्मक आत्म–मन्थन गर्नु राम्रो हुन्छ।
६।प्राबिधिक तयारी
निश्चित योजना बनाएपछि खेलाडीको तयारी सबैभन्दा मह्त्वपुर्ण रहन्छ।अभ्यासबाट निखारे पछी सफलता सहज तुल्याउन सकिन्छ।
७। सकारात्मक मानसिकमा ऊर्जा प्रयोग
परिस्थितिलाई सकारात्मक मनस्थिति बनाए चाहिने कुरा उर्जा रहन्छ।हरेक प्रयासमा उर्जाशिल हुनु सफलता पाउने तीब्र इच्छा जारी राख्ने हुँदा सफलता मिल्ने गर्दछ
८। मस्तिष्क र मनोभावनाको प्रभावकारी व्यवस्थापन ।
मन र मस्तिष्क फरक कृयाबाट कृयाशिल रहन्छ।मन र मस्तिष्क एक अर्काको परिपुरक हो।त्यसकारण मनलाई उमंग र मस्तिष्कला उत्कृष्टता ब्यबस्थापनमा गर्दा सफलता मिल्ने गर्दछ ।
९। आकस्मिक अवस्था र प्रदर्शनको तयारी
खेल जीवनमा हर हमेसा तयारी अबस्थामा रहनु उत्तम रहन्छ।आकस्मिक हुने अवस्थामा समेत उच्च प्रदर्शन गर्न सक्ने खेलाडी सफलताको सुचीमा अग्रपंक्तिमा रहन्छ।
१०। लक्ष्यप्रतिको एकाग्रता
विलासी जीवनले सफलतामा सबैभन्दा खतरनाक रोल खेल्छ।हरेक प्रयासको फ्रेममा आफ्नो अगाडि जित भएको महसुस ल्याउन जरुरी रहन्छ।बिशेषत संकल्प आफैले आफैलाई प्रेरित प्रतिद्वन्द्वीसगको प्रतिस्पर्धा कल्पना गर्ने जस्ता क्रियाकलापले लक्ष्यलाई डकमगाउन दिदैन।लक्ष्य प्राप्तिको एकाग्रता हुने खेलाडीलाई सफलताले पछ्याइराखेको हुन्छ।
FACEBOOK COMMENTS