डिएन घिसिङ
खेल प्रदर्शनमा सबैभन्दा जटिल लक्षण आनुवंशिक प्रभाव हो। खेलकुद गतिविधिमा शारीरिक कौशल एक महत्वपूर्ण पक्ष हो । जसमा एक व्यक्ति वा टोली प्रतिस्पर्धामा उत्रदै गर्दा मनोरञ्जन दिलाउने ध्येय राख्दछन् । जसमा पदार्थ र गति अर्थात म्याटर एण्ड मोसन परस्पर निर्भर र सापेक्षित रहन्छन् ।अध्ययनका क्रममा मानवशास्त्रले खेल जीवनमा सजैविक तथा शारीरिक गतिविधिको महत्व रहने कुरा उजागर गरेको पाइृन्छ । एक दिग्गज अमेरिकी मानवशास्त्री फ्रेञ्ज बोसले मानवशास्त्रका बारेमा गरेको अध्ययनको निचोड निकाल्ने क्रममा जैविक तथा शारीरिक शिक्षाको महत्व बारे उल्लेख गरेका छ्न्। वास्तवमा, कुनै पनि खेलाडीको क्षमता निर्धारण गर्ने सवालमा उसको शारीरिक गतिविधि मात्रै नभई उसको आनुवंशिक जीनको प्रभाव रहने गर्दछ । शरीरमा मांसपेशीहरूको मजबुतीपन रहने खेलाडीहरूले खेल कौशलता प्रदर्शन गर्दाका बखतमा अब्बलता प्रस्तुत गर्ने गरेको अध्ययनले देखाएको छ। दुई प्रकारका फाइबरहरू मिलेर शरीरका मांसपेशीहरू बनेका हुन्छन् । त्यसमा ढिलो र अर्को द्रुत प्रकृतिको फाइबर रहन्छ। ढिलो चलायमन मांसपेशी फाइबर बिस्तारै संकुचन हुन्छ तर लामो समयसम्म विना थकावट काम गर्न सक्नु यसको विशेषता रहन्छ। यस फाइबरले खेल गतिबिधिलाई लामो समयसम्म टिकाउन टेवा दिने गर्दछ । द्रुत प्रकृतीको मांसपेशी फाइबर छिट्टै संकुचन हुने हुदाँ यसले चाँडो नैथकित तुल्याउँछ। यस्ता खाले खेलाडी तुरुन्तै नतिजा दिने खालका गतिविधिमा सक्षम रहन्छन्।
कुनै पनि खेलाडीको क्षमता निर्धारण गर्ने सवालमा उसको शारीरिक गतिविधि मात्रै नभई उसको आनुवंशिक जीनको प्रभाव रहने गर्दछ ।
खेलाडीसँग सम्बन्धित अन्य लक्षणहरूमा शरीरको एरोबिक क्षमता, मांसपेशीहरूको चलायमान, उचाई, लचिलोपन जस्ता क्रियाकलाप भने सामान्य रहन्छ। जुम्ल्याहा परिवार माथि गरिएको एक अध्ययनले खेलकुद प्रदर्शनमा समानता र भिन्नताले खासै फरक नपार्ने स्पष्ट पारेको छ। यस्ता लक्षणहरूका संबन्धमा अध्ययन गर्नका लागि आनुवांशिक भिन्नताहरूको बारेमा व्यापक रुपमा अनुसन्धान भएको पाईन्छ । सो क्रममा खेलाडीहरूलाई गैर खेलाडीसँग तुलना गर्ने जस्ता फरकफरक अनुसन्धान र अध्ययनको सिलसिला जारी रहदै आएको पाईन्छ । खेलाडीले प्रदर्शन गर्न खेलमा सामाजिक वातावरणको प्रभाव रहन्छ। व्यक्ति ,परिवार र प्रशिक्षकबाट प्राप्त गरेको समर्थन, आर्थिक सहयोग र अन्य परिस्थितिहरूले खेल जीवनलाई प्रेरित गरिरहेको हुन्छ। आनुवंशिक गुणले खेलमा उत्कृष्ट प्रदर्शन गर्ने संभावनालाई बढावा दिन्छ अथवा ढाढस मिल्छ । प्रशिक्षण, आहार र अन्य कारकहरूले पनि क्षमता विकास गर्न ठूलो भूमिका खेल्छ तर जीनले प्रदर्शन सीमित पनि गर्न सक्दछ।
आनुवंशिक गुणले खेलमा उत्कृष्ट प्रदर्शन गर्ने संभावनालाई बढावा दिन्छ अथवा ढाढस मिल्छ । प्रशिक्षण, आहार र अन्य कारकहरूले पनि क्षमता विकास गर्न ठूलो भूमिका खेल्छ तर जीनले प्रदर्शन सीमित पनि गर्न सक्दछ।
एक च्याम्पियन खेलाडी हुनको लागि आनुवंशिक संभावना हुन सक्छ, तर अनुशासित खेल जीवनशैली बिताउने र व्यायाम गर्नेको हकमा त्यो संभावना सधैं खुल्ला हुन सक्ने बिज्ञहरुले तर्क पेश गरेका छ्न्। एक व्यक्तिको आचरण र जीनले अन्यलाई प्रभाव पार्दछ, त्यसैले वातावरणको प्रभावलाई आनुवंशिकीबाट अलग गर्न चुनौतीपूर्ण हुन सक्छ। यो स्पष्ट छ कि, परिस्थिति र आनुवंशिक कारकहरूले खेलाडीको क्षमता निर्धारण गर्न भूमिका खेल्छ्।खेलमा कुन कार्यले प्रदर्शनलाई सीमित गर्दछ भन्ने सवालमा अधिकांश फिजियोलोजिष्टहरूको मत अविभाज्य रहेको छ्। आनुवंशिक गुणको साथै तत्वहरूमा पोषण, प्रेरणा, वातावरण, र उपकरणले खेल प्रदर्शनमा फरक पार्ने फिजियोलोजिष्टले मत जायर गर्दै आएको पाईन्छ ।
FACEBOOK COMMENTS