काठमाडौं, भदौ २४ – सर्लाहीको बरहथवामा लखन्देही खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ ।
बरहथवा नगरपालिका–१७ स्थित श्रीपुरमा खोला तर्ने क्रममा कविलासी नगरपालिका–४ हेमपुर बस्ने ७० वर्षीय सियाराम रायलाई लखन्देही खोलाले बगाएको थियो ।
खोलाले बगाएका राएको शव पाँच सय मिटर तल किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हेमपुरबाट टिकुलिया तर्फ जाँदै गरेका रायलाई खोला तर्ने क्रममा खोलाले बगाएको परिवारले जनाएका छन् ।
रायको शव परीक्षण पश्चात आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी निरिक्षक राजु कुर्मीले जानकारी दिए ।
FACEBOOK COMMENTS