काठमाडौं, कात्तिक ४- गण्डकी प्रदेशको अर्थ तथा विकास समिति सभापति दीपक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि स्वाब दिएका सांसद कोइरालाको आज पोजेटिभ रिपोर्ट आएको हो ।
केही दिनअघि चितवनबाट फर्किएका कोइरालासँगै उनका सवारी चालकमा पनि कोराना संक्रमण देखिएको छ । संक्रमण देखिएपछि कोइराला सेल्फ आइसोलेसनमा बसेका छन् । कन्ट्याक ट्रेसिङमा हुनेहरूको लिस्ट तयार हुँदैछ ।
FACEBOOK COMMENTS