काठमाडौं, कात्तिक ३ – गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा नवलपरासी, गैंडाकोट– १२ का ८५ वर्षीय पुरुष र पोखरा महानगरपालिका– ३ का ५६ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।
८५ वर्षीया पुरुषको असोज ३० गते साँझा ५ बजे मृत्यु भएको हो। उनको असोज २६ गते चितवन मेडिकल कलेजमा कोरोना पृष्टि भएको स्वास्थ्य कार्यलय नवलपरासीले जानकारी दिएको छ। उनी दम र निमोनियाका बिरामी थिए।
त्यस्तै ५६ वर्षीया महिलाको ३० गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। उनको श्वासप्रश्वास सम्बन्धी समस्या र उच्च रक्तचाप भएर मृत्यु भएको गण्डकी प्रदेशले जानकारी दिएको छ।
योसँगैै गण्डकी प्रदेश मृत्यु हुने कोरोना संक्रमितको संख्या ५३ पुगेको छ।
FACEBOOK COMMENTS