काठमाडौं – गण्डकी प्रदेशमा २५ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।
क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा भएको परीक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकीमा संक्रमितको संख्या १२५६ जना पुगेको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये नवलपरासी पूर्वको गैंडाकोट नगरपालिकाका १८ जना पुरुष र तनहुँको व्यासका तीनजना, म्याग्दे र भानुका दुईरदुईजना गरी ७ जना पुरुष रहेका छन् ।
FACEBOOK COMMENTS